ललितपुर महानगरपालिकाले सबै वडामा सेनिटाइजर उपलब्ध गराउने गरी नाष्टको बैज्ञानिकको सहयोगमा तालिम शुरू गरेको हो। नाष्टका सिनियर वैज्ञानिक डा.सजनलाल स्याउलाको नेतृत्वमा सेनिटाइजर निर्माण तालिम शुरू गरिएको हो।वैज्ञानिक स्याउलाले दुईदिन अघि दुई जना र आउदो आइतबार १० जनालाई तालिम दिने तयारी भैरहेको जानकारी दिनुभयो।
तालिमपछि सेनिटाइजर निर्माण गरी सबै वडामा वितरण गर्ने ललितपुर महनगरपालिकाको योजना छ।वैज्ञानिक डा. स्याउलाका अनुसार घरमा पारिएको रक्सीलाई डिस्टील गरी अल्कोहलमा मिसिएको पानी निकाल्ने र त्यसमा हाइट्रोजन पेरो अक्साइड र ग्लिसेरोल र डिस्टिल वाटरको मिश्रण गरी सेनिटाइजर निर्माण गर्न सकिनेछ।
कस्तो फ्लेवर वा वास्ना आउने बनाउन त्यस्तौ रसायनको प्रयोग गरिन्छ।नाष्टले तयार पारेका सेनिटाइजर विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार भएको स्पष्ट पार्दै वैज्ञानिक डा. स्याउलाले भन्नुभयो– ‘उक्त सेनिटाइजर सबैले सजलैसंग प्रयोग गर्न मिल्ने छ।’
तालिम लिने महानगरपालिकाको सहयोगमा सबैले आफैले घरेलु रक्सी लिएर नाष्ट पुग्ने गरेका छन्।महानगरवासीलाई माक्स वितरण शुरू गरेको ललितपुर महानगरपालिकाले नाष्टको सहयोगमा सेनिटाइजर निर्माण शुरू गरेको हो। ‘हामी वडाका स्वाथ्य स्वंसेवकलाई सेनिटाइजर निर्माण तालिम सम्पन्न गरेपछि सबै वडामा पु¥याउने योजना बनाएका छौं’ –ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनले भन्नुभयो।
अबको एक सातापछि वडास्तरबाटै सेनिटाइजर वितरण शुरू गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ। नाष्टका डा. स्याउला, डा. शान्ति श्रेष्ठ, लगायतका टोलीले डब्ल्यएचओको मापदण्ड अनुसार सेनिटाइजर निर्माण गरेका हुन।नाष्टका उपकुलपति डा. सुनिलवावु श्रेष्ठले आउँदो आइतबार सेनिटाइजरको पहिलो प्रयोग र प्रदर्शनी गरी ललितपुर महानगरपालिकालाई हतान्तरण गरिने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ‘अहिलेको अभावजन्य अवस्थामा चाहेजति सेनिटाइजर उत्पादन गर्ने हैसियतमा पुगेको दाबी गर्दै महानगरपालिकाको सहयोगमा सबै वडामा पु¥याउने गरी तालिम दिइरकेको उहाको दाबी थियो।
मेयर महर्जनले वडास्तरमा उत्पादन गरी एक वडा एक फार्मेसी मार्फत बिक्री गर्ने तयारी भैरहेको जानकारी दिनुभयो। भन्नुभयो– ‘कोरोना संक्रमणबाट जोगिन पहिला माक्स निर्माण गर्न सफल भयौ, अब सेनिटाइजर निर्माण गरी सबै वडावासीलाई वितरण गर्ने तयारीमा रहेका छौ।’











प्रतिक्रिया