२ लाख नगदसहित वन प्रमुख पक्राउ

0
Shares

भक्तपुर, (नेस)
डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले २ लाख ५ हजार नगद सहित पक्राउ गरेको छ। भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ। सेवाग्राहीसँग घुस लिएर दोलखाबाट हिडेको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा गाडी र घुस रकमसहित पक्राउ गरेको हो।
आज साँझ ६ बजेतिर श्रेष्ठलाई गठ्ठाघरमा उनी चढेको बा१झ ७६८५ नम्बरको गाडी नियन्त्रणमा लिएर उनको साथमा रहेको रकम बरामद गरेको हो। उनलाई नियन्त्रणमा लिएको र थप आवश्यक अनुसन्धान हुने अख्तियारले जनाएको छ।