सिद्धार्थ बैंकको नयाँ शाखा गोरुसिङेमा


सिद्घार्थ बैंकले कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८३ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ। बैंकले १०१ शाखारहित बैंकिङ सेवा, २०५एटीएम र १ हजार ६ सयभन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाताखोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत् बंैैकिङ सेवा प्रदान गर्दै आएको छ।