सन्राइज बैंक र जीएमई रेमिटेन्सबीच सम्झौता


सन्राइज बैंक र जीएमई रेमिटेन्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ। सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिटेन्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गर्नुभएको थियो। उक्त सम्झौताअनुसार सन्राइन बैंकका स्वदेश तथा विदेशमा रहेका ग्राहकले सन्राइज रेमिटमार्पmत पठाएको रकम जीएमई रेमिटेन्सका नेपाल अधिराज्यभर रहेका ८ हजारभन्दा बढी एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन्। हालसम्म सन््राइज बैंकले १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, ९ वटा एक्सटेन्सन काउन्टर र १५४ वटा एटीएममार्फत आफ्ना करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।