एनआईसी एसिया बैंक र लुम्बिनी ग्रुप प्रालिबीच सम्झौता


एनआईसी एसिया बैंक र लुम्बिनी ग्रुप प्रालिबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत शुरु भएको छ। उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहनुभएका नेपालीले पठाएर रकम बैंकको एनआईसी रेमिटमार्फत तुरुन्त रकम भुक्तानी लिन सकिनेछ। साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ। लिगल रेमिटमार्फत अष्ट्रेलियामा रहेका नेपालीले पठाएको विप्रेषण रकम नेपालमा रहेका आफन्तले बैंकको ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउन्टर, ५८ वटा शाखारहित बैंकिङ इकाई तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ।
करिब २१ लाख ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन्। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपियाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।