परिसंघको प्रतिनिधि मण्डल स्वदेश फिर्ता

0
Shares

काठमाडौं, (नेस)

भारतको राजधानी नयाँदिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिइ नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ। उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले गर्नुभएको थियो।

सम्मेलनको पहिलो दिनको सत्रमा ‘लघु, साना र मझौला’ उद्योगको महत्वसहित उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावना विषयक कार्यशालमा वरिष्ठ उपाध्यक्ष अग्रवाल र परिसंघ राष्ट्रिय परिषद्का सदस्य राजबहादुर शाहले सक्रिय सहभागिता जनाउनुभयो।

वरिष्ठ उपाध्यक्ष अग्रवालले कार्यक्रममा सहभागि विभिन्न देशका उद्योगी व्यवसायी तथा विज्ञहरूसँग नेपालको निजी क्षेत्रले लघु, साना तथा मझौला उद्योग र ठूला उद्योगको संयोजनबाट उत्पादन तथा वितरण विस्तारमा भइरहेका कार्यहरूबारे धारणा आदान–प्रदान गर्नुभयो।