मकवानपुरका उम्मेदवारको प्रस्तावक दार्चुला

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा मकवानपुरका तर्फबाट दिइने उपाध्यक्षका उम्मेदवारलाई दार्चुला उद्योग वाणिज्य संघले प्रस्ताव गर्ने भएको छ। निर्वाचनलाई केन्द्रित गर्दै देश दौडाहामा रहेको मकवानपुर उद्योग वाणिज्य संघको टोलीसमक्ष दार्चुलामा यस्तो सहमति जुटेको हो।

दार्चुला उद्योग वाणिज्य संघमा त्यहाँको वाणिज्य संघले मउवा संघले अघि सारेको उपाध्यक्ष उम्मेदवारलाई प्रस्तावकका रुपमा प्रस्ताव गर्ने सहमति भएको हो।

मकवानपुर उद्योग वाणिज्य संघको टोलीले दार्चुलाको भ्रमण गरेको थियो। उद्योग वाणिज्य संघ मकवानपुरको टोलीले डोटी, बैतडी, अमरगढी क्षेत्रलगायत अवलोकन भ्रमण तथा उक्त क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल तथा भेट गरेको छ।

धनगढी, टीकापुर, गुलरिया र राजापुर क्षेत्रका व्यवसायीसँग भेटेको नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महासंघ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका सुमार्गीले जानकारी दिनुभयो।