प्रधानमन्त्रीकाे स्वास्थ्य सुधारोन्मुख, भ्रमको खेती नगरौँ : थापा

0
Shares

न्युज अफ नेपला, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सूर्य थापाले जनाएका छन् । प्रधानमन्त्रीका प्रेश सल्लाहकार थापाले स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा गम्भिर समस्या आएपछि सिंगापुर लगिने हल्ला चलेपछि सामाजिक सञ्जाल फेशबुकमा थापाले भनेका छन् ‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ ।’