सुनको मूल्य घट्यो, तोलाको कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला ८२ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।