न्युज अफ नेपाल, काठमाडौं ।
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घर नजिकै बम विस्फोट गराएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सदस्य देव गुरुङ रहेका छन् । बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान करिब आठ बजे बम विष्फोट भएको हो । गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई दुर्गा प्रसाईंको घरमा पनि विस्फोट गराएको आरोपमा प्रहरीले खोजी गरिरहेको थियो ।











प्रतिक्रिया