सिटिजन्स बैंकद्वारा सहयोग प्रदान


काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले धनगढीस्थित शारदा माध्यामिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत एक लाख रुपियाँको आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो। बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्युटर ल्याबका सामग्री खरिद गर्नका निम्ति उक्त सहयोग रकम उपलब्ध गराएको छ।
विद्यालयले विद्यार्थीको चौतर्फी विकासको निम्ति विभिन्न कार्यक्रमलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ। सिटिजन्स बैंक इन्टरनेसनले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ इकाईबाट करिब पाँच लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।