प्रभु बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

0
Shares

प्रभु बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनाम संखुवासभाको चिचिला गाउँपालिकामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
चिचिला गाउँपालिकाका स्थानीयबासीलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधि, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजीवी, नागरिक समाज लगायतका व्यक्तिको कार्यक्रममा सहभागिता रहेको थियो। एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आप्mना भनाइ राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको स्रोत बढाउन सकिने बारेमा बताउनुभएको थियो। चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएको भए पनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासी नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पन्न हुन सकिने बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधि र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंकलाई धन्यबाद प्रकट गर्नुभएको थियो।