सामसङका दुई नयाँ मोबाइल बजारमा 

0
Shares

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिजअन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा ल्याएको छ। आप्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनलाई कम्पनीले लिएको छ।
ग्यालेक्सी ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मोबाइलमा विभिन्न विशेषता रहेका छन्। ‘आफ्नो ग्यालेक्सी ए को पोर्टफोलियोमा ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए ५१ लाई समावेश गर्न पाउँदा हामी उत्साहित भएका छौं। विगतका वर्षदेखि नै ग्यालेक्सी ए सिरिज मोबाइल आम प्रयोगकर्ता माझ लोकप्रिय बन्दै आइरहेको छ।
हालै प्रस्तुत गरिएका यी दुई ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा प्रयोग भएको प्रविधिलाई प्रयोगकर्ताहरूले मन पराउनुहुने छ,’ सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भन्नुभयो–‘आम ग्राहकको चाहना चिटिक्क परेको, लामो समयसम्म टिकाउ हुने ब्याट्री तथा हरेक क्षणलाई कैद गर्न सकिने क्यामेरा भएको डिभाइस नै हो भन्ने हामीलाई थाहा छ, जुन सामसङको ग्यालेक्सी ए डिभाइसमा रहेको छ,’ उहाँले भन्नुभयो। ग्यालक्सी ए ७१ मोबाइलको मूल्य ४९ हजार ९९९ रुपियाँ ग्यालक्सी ए५१ मोबाइल ३८ हजार ३९९ रुपियाँ