ठग्नेलाई १ लाख र साक्षीलाई ५ लाख धरौटी

0
Shares

सञ्जय कार्की, रौतहट ।

फरक दुई ठगि मुद्दामा जिल्ला अदालत रौतहटले दुई फरक आदेश गरेको छ ।

लेनदेन कारोबारमा साक्षी बसेकी एक महिला लाई जिल्ला अदालतका न्यायधिश चित्र बहादुर गुरुङ्गको आदेशले पाँच लाख धरौटी लिई मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ भने अर्का वैदेशिक रोजगारीमा पठाईदिने भन्दै जमिन पास गराएको भन्ने ठगि मुद्दाका एक ब्यक्ति सग उनै न्यायधिश गुरुङ्गले भने एक लाख मात्र धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिनु भएको छ ।

एउटा ठगि मुद्दाका साक्षीलाई पाँच लाख धरौटी तर अर्को स्वयम ठगिमा संलग्न भएको आरोप लगाइएको ब्यक्ति लाई एक लाख धरौटी माग भएपछि यस्को चर्चा शुरु भएको छ । लेनदेन कारोबारमा साक्षी बसेकी चन्द्रपुर नगरपालिका–६ निबासी चिना श्रेष्ठ कोईरालालाई गृहमंन्त्रि रामबहादुर थापा बादलको आदेशमा प्रहरीले माघ २१ गते राती ११ बजे घर बाटै फक्राउ गरेको थियो । पक्राउ परेकी चिना श्रेष्ठ कोईरालालाई चन्द्रनिगाहपुरका ८ जनाले दिएको ठगि मुध्दाको जाहेरीमा प्रहरी अनुसन्धान भएको हो भने अर्का गरुडा नगरपालिकामा कार्यरत आईटी अफिसर भुपनारायण राय यादब सहितले पैसा र जमिन पास गराई ठगि गरेको चन्दै शेख कदिरको जाहेरीमा प्रहरी अनुसन्धान भएको हो ।

तर घटना प्रकती, मुचुल्का र प्रतिबादीको बयान फरक रहेपनि ठगि मुद्दाको अनुसन्धानमा जिल्ला अदालत रौतहटले धरौटीको फराकिलो अन्तर हुनुलाई पनि आश्चर्य मानिएको छ । जिल्ला अदालत गौरले गएको फाल्गुण १८ गते चीना श्रेष्ठ कोईरालालाई पाँच लाख धरौटी मागेको हो भने भुपनारायण यादबलाई फाल्गुण १९ गते एक लाख धरौटी माग गर्ने आदेश गरेको हो ।