बेपत्ता भारतीय नागरिक खोज्न गोताखोर टोली परिचालन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

तमोर नदीमा बेपत्ता भएका नोबेल मेडिकल कलेजमा अध्ययनरत भारतीय नागरिक भिनित शर्मालाई खोज्नका लागि गोताखोर टोली परिचालन गरिएको छ।
फोटो खिच्ने क्रममा लडेर बेपत्ता भएका भारतीय नागरिक तीन दिनदेखि हराइरहेका छन्।

नेपालमा नै पहिलो पटक सशस्त्र प्रहरी बल नेपाल नं.१ बाहिनी मुख्यालय पकली सुनसरीले हालै मात्रै पहिलो समूहलाई स्वदेशमा नै तालिम दिएर उत्पादन गरेको थियो।

खोजी कार्यमा ३ जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्धार टोली आवश्यक सामग्रीसहित परिचालन गरिएको छ।

जमेको पानी वा पोखरीमा गोताखोर टोली ७० फिट गहिराइसम्म जान सक्दछ। एकपटक पानीमा डुबेपछि आधा घण्टादेखि ४५ मिनेटसम्म खोज्न सक्दछ। गोताखोर नै परिचालन गरेर नदीका खोंचहरुमा खोजी कार्य गर्ने उद्देश्यले परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पानीको गहिराइमा गएर उद्धार गरिने सो कार्य निकै जोखिमपूर्ण मानिन्छ।

नेपालमा गोताखोर टोली सशस्त्र प्रहरी बलसँग मात्र रहेको छ। उद्धारको क्रममा गोताखोर टोलीले रवर बोट, अक्सिजन सिलिन्डर, प्रेसर गेज, डेब्थ गेज, वेट सुट, फिन्स, ग्लोव्स, सर्च लाइट, माउथ पिस आदि लगायतका आधुनिक सामग्रीहरु प्रयोग गर्ने गरेका छन्।