प्रधानमन्त्री तीन दिनमा घर फर्किने

0
Shares

काठमाडौं, (नेस)
गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली आगामी तीन दिनभित्र डिस्चार्ज हुने बताइएको छ।
मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीलाई भने आज मंगलबार डिस्चार्ज गरिँदै छ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा. प्रेमकृष्ण खड्गाका अनुसार डिस्चार्जका लागि प्रत्यारोपण टोलीले आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गरी निर्णय लिने प्रक्रिया छ। हालसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सोचेअनुरुप नै सुधार भएको पनि उहाँले बताउनुभएको छ।
‘यतिबेला प्रधानमन्त्री र समीक्षा दुबै मृगौलाका बिरामी हुनुहुन्छ, उहाँहरू चिकित्सकको सल्लाहअनुसार खाना खाने र आवश्यकताअनुसार उपचार कक्ष वरिपरि हिँडडुल गर्दैहुनुहुन्छ’ प्राडा. खड्काले भन्नुभयो, तर बाहिरको संक्रमण नफैलियोस् भनेर आवश्यकताअनुसार चिकित्सक र नर्सबाहेकका व्यक्तिलाई भेटघाटमा रोक लगाइएको छ।
प्रधानमन्त्री ओलीको यो दोस्रोपटकको मृर्गौला प्रत्यारोपण हो।