बेपत्ता भारतीय नागरिक खोज्न गोताखोर टोली परिचालन

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

तमोर नदीमा बेपत्ता भएका भारतीय नागरीक नोवेल मेडिकल कलेजमा अध्ययनरत भिनित शर्मालाई खोज्नकालागि गोताखोर टोली परिचालन गरिएको छ ।

फोटो खिच्ने क्रममा लडेर बेपत्ता भएका भारतीय नागरिक तीन दिन देखि हराइरहेका छन । नेपालमा नै पहिलो पटक सशस्त्र प्रहरी बल नेपाल नं.१ बाहिनी मुख्यालय पकली सुनसरीले हालै मात्रै पहिलो समुहलाई स्वदेशमा नै तालिम दिएर उत्पादन गरेको थियो ।

खोजी कार्यमा ३ जना गोताखोर सहित १५ जना विपद व्यवस्थापन तालिम प्राप्त उद्धार टोली आवश्यक सामाग्री सहित परिचालन गरिएको छ ।

जमेको पानी वा पोखरीमा गोताखोर टोली ७० फिट गहिराई सम्म जान सक्दछ । एकपटक पानीमा डुवे पछि आधा घण्टा देखि ४५ मिनेट सम्म खोज्न सक्दछ । गोताखोर नै परिचालन गरेर नदीका खोंचहरुमा खोजी कार्य गर्ने उद्धेश्यले परिचालन गरिएको सशसत्र प्रहरीले जनाएको छ । पानीको गहिराइमा गएर उद्धार गरिने सो कार्य निकै जोखिमपूर्ण मानिन्छ ।

नेपालमा गोताखोर टोली सशस्त्र प्रहरी बलसँग मात्र रहेको छ । उद्धारको क्रममा गोताखोर टोलीले रवर बोट, अक्सिजन सिलिण्डर, प्रेसर गेज, डेब्थ गेज, वेट सुट, फिन्स, ग्लोव्स, सर्च लाइट, माउथ पिस आदी लगायतका आधुनिक सामाग्रीहरु प्रयोग गर्ने गरेका छन ।