कोरोना त्रासले सिमरा गोल्डकप स्थगित

0
Shares

बारा, (नेस)
कोरोना भाइरसको त्रासले सिमरा गोल्डकपको ११औं संस्करण अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ। आयोजक नवजनजागृति युवा क्लबले प्रतियोगिताको आन्तरिक तयारीलाई भने जारी राख्ने जनाएको छ।
सरकारको निर्देशनअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंसहित मोफसलका सबै प्रतियोगिता तत्कालका लागि स्थगित गर्न भनेपछि क्लबले गोल्डकप स्थगित गर्ने निर्णय गरेको हो।। मोफसलको चर्चित फुटबल प्रतियोगिता यसअघि आगामी चैत ६ गतेदेखि शुरू गर्ने कार्य तालिका थियो।
‘प्रतियोगिताको पूर्व तयारी थालिसकेका थियौं, जनजागृति क्लबका महासचिव शम्भुसिंह ठकुरीले भन्नुभयो– ‘एन्फा माताहतमा रहेका सबै प्रतियोगितालाई स्थगित गर्न भनिएपछि सिमरा गोल्डकप पनि स्थगित गर्नुप¥यो।’ कोरोनाको संक्रमणको त्रास बढ्दै गर्दा प्रतियोगिता सञ्चालन नगर्न सरकारले दिएको निर्देशन स्वागतयोग्य रहेको पनि महासचिव ठकुरीले बताउनुभयो। महासचिव ठकुरीका अनुसार प्रतियोगिता स्थगित भए पनि मैदान तयार पार्नेदेखि लिएर अन्य काम जारी रहने छ।