मेसीको गोलमा बार्सिलोनाको जित

0
Shares

लन्डन, (एजेन्सी)
कप्तान लियोनेल मेसीको निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोना विजयी भएको छ।

ला लिगाअन्तर्गत घरेलु मैदानमा शनिबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोलले पराजित गर्दा मेसीले गरेको गोल निर्णायक बनेको हो। उक्त जितपछि बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ। घरेलु मैदान नोउक्याम्पमा पाहुना टोलीलाई दबाबमा राखे पनि बार्सिलोनाले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो।

खेल सकिन ९ मिनेट बाँकी रहँदा कप्तान लियोनेल मेसीले पेनाल्टीमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो। खेल अवधिभर लगातार अवसर बनाए पनि गोल गर्न चुकिरहेको बार्सिलोनाले ८१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए।

७९औं मिनेटमा रोविन लि नोर्मान्डले आर्टुरो भिडालको प्रहारलाई त्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टी दिएको थियो। त्यही विवादास्पद पेनाल्टीलाई कप्तान मेसीले सदुपयोग गरे।