२ सयौं खेलमा मनाङको जित

0
Shares

विजय नेपाली, पोखरा
जारी १८औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ लाई १–० ले हराउँदै मनाङ–मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
अञ्जन विष्टको निर्णायक गोलले आहा गोल्डकपको २ सयौं खेलमा मनाङले जित हात पार्न सफल भएको हो। आइतबार सम्पन्न खेल जितेपछि मनाङ सेमिफाइनलमा पनि पुगेको छ। पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा झापा सम्हालिन नसक्दा हार बेयहोर्न बाध्य भएको हो।
खेलको १२औं मिनेटमा मनाङका अञ्जन विष्टको प्रहार आकासियो। खेलको २६औं मिनेटमा झापा ११ का मौसम लिम्बुले निकालेको रनिङपास अभिषेकले भेटेनन्। मनाङका गोलरक्षक अघि बढ्दै गोल जोगाएका हुन्। खेलको ३९औं मिनेटमा मनाङका विमल रानाले झापाका तीन डिफेन्सलाई बिट गर्दै गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरियो। एकपछि अर्को अवसर सिर्जना गर्न खोजेको मनाङको स्ट्राइक लाइनमा फिनिसिङको कमी देखियो।
उता डिफेन्समा व्यस्त झापाले भने काउन्टर आक्रमण कुर्नुप¥यो। शारीरिकरूपमा पनि झापाभन्दा मनाङ निकै बलियो देखियो। मनाङका अञ्जन विष्टले खेलमा राम्रो राम्रो अवसर निकाले पनि मनाङका स्टाइकरले फिनिसिङ भने गर्न सकेनन्। खेलको ४७औं मिनेटमा झापाका हेमन्त थापा मगरले प्रहार गरेको कर्नर मनाङका गोलरक्षक अशोक बरालले पन्च गर्दै जोगाए।
खेलको ७५औं मिनेटमा मनाङका अञ्जन विष्टले उत्कृष्ट गोल गर्दै जित दिलाए। मनाङका दयानन्द सिंहले झापाका डिफेन्सको कम्जोरीको फाइदा उठाउँदै दिएको पासमा अञ्जनले गोल गरेका हुन्। खेलको ६२औं मिनेटमा झापाका गोलरक्षक राजकुमार लिम्बुले मिसपास दिँदा मनाङले पाएको अवसरको उपयोग गर्न सकेन।
सुशील लामाले पाएको अवसरको उपयोग गर्न सकेनन्। उनले गोलरक्षकले गरेको गल्तीको फाइदा उठाउन सकेनन्। झापाले खेल सकिनै लाग्दा पाएको अवसरको सदुपयोग गर्न सकेनन्। झापाका सुनिल खड्काले दिएको पासमा अभिषेक गुरुङले गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरियो।
खेलको म्यान अफ दि म्याच मनाङका अञ्जन विष्ट घोषित भए। झापा यसअघि एपीएफलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो भने मनाङ सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो।

खेलाडीलाई मायाको चिनो
पोखरा रंगशाला फुटबल मैदानमा जारी १८औं संस्करणको आहा रारा गोल्डकपअन्तर्गत आइतबार जारी खेल २ सयौं खेलको सन्दर्भमा विविध सांस्कृतिक कार्यक्रमसहित खेलाडीलाई मायाको चिनो प्रदान गरी मनाइएको छ।
२ सयौं खेल विशेष अवसरमा आयोजक सहारा क्लब पोखराले बेलुनसमेत उडाएर २ सयौं खेलको उत्सव मनाएको हो। सहाराले एक क्याराभान तथा २०५८ सालदेखि आहा गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ।