नबिल बैंक र टेस्ला डाइगोनोस्टिक क्लिनिकबीच सम्झौता पत्रमा


काठमाडौं, (नेस)

टेस्ला डाइगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ। सम्झौताअनुसार नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका विविध सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन्।

बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकका कार्ड शाखा प्रमुख सनत पौडेलले हस्ताक्षर गर्नु भएको थियो। सम्झौतासंगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ।

बालुवाटारमा अवस्थित क्लिनिकमा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्धेश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको हो।