बजार अनुगमनमा उद्योगमन्त्री भट्टसहितको टोली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अत्यावश्यक खाद्य वस्तुहरूको चरम अभाव रहेको भन्ने गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन गरेको छ। आइतबार मन्त्री लेखराज भट्ट सहितका टोलीले बजार अनुगमन गरेको हो।
कोरोना भाइरसको संक्रमणका कारण विश्व बजार अस्तव्यस्त रहँदा त्यसको असर नेपालमा पनि परेको छ। बजारमा अत्यावश्यक वस्तुहरूको अभाव रहेको गुनासो आएपछि मन्त्री भट्ट, वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालसहितको टोलीले काठमाडौंका दुई दर्जनभन्दा बढी किराना पसल, खाद्य स्टोर तथा औषधि पसलमा अनुगमन गरेको हो।
उद्योग मन्त्रालयका अनुसार, अनुगमन टोलीले बजार अनुगमनका क्रममा बिक्रेता र ग्राहकसँग आपूर्ति अवस्था र समस्याबारे जानकारी लिएको छ। मन्त्री भट्ट नेतृत्वको टोलीले जावलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टुकु, लाजिम्पाटलगायतका स्थानको स्थलगत अवलोकन गरेर उपभोक्ता तथा विक्रेताको समस्या र बजारमा वस्तुहरूको अवस्थाबारे प्रश्नोत्तर गरेको मन्त्रालयले जनाएको छ।
बजार अनुगमनका क्रममा विक्रेताहरूलाई मन्त्री भट्टले खाद्यन्न तथा औषधी र इन्धनको अभावबारे परेको समस्या आफूलाई भन्न आग्रह गर्नुभएको थियो। बजारलाई सन्तुलित बनाउन राज्यले सबै उपाय अबलम्बन गर्ने आश्वासन बिक्रेताहरूलाई दिँदै भन्त्री भट्टले ढुक्क हुन र आग्रहकलाई पनि आश्वास्त बनाउन आग्रह गरेको ओझाले बताउनुभयो।
निरीक्षणका क्रममा भेटिएका उपभोक्तालाई इन्धन औषधि, चिनी, नुन, चामल, दाल लगायतका कुनै पनि वस्तुको अभाव हुन नदिने भन्दै भन्त्री भट्ट र सचिव अर्यालले त्रसित नहुन आग्रह गर्नुभएको थियो।