डलरको मूल्य बढ्यो, सुनको मूल्य स्थिर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पाली बजारमा अमेरिकी डलरको मूल्यमा लगातार नयाँ कीर्तिमानी कायम भएको छ। आइतबार प्रति एक डलरको मूल्य १ सय १८ रुपियाँ ३२ पैसा कायम भएको छ।

अघिल्लो दिनको तुलनामा ७१ पैसाले बढेर प्रति एक डलरको मूल्य १ सय १८ रुपियाँ ३२ पैसा पुगेको हो। यस अघि प्रति एक डलरको मूल्य १ सय १८ रुपियाँ ७३ पैसासम्म पुगेको थियो। एक सातामै डलरको मूल्यमा करिब तीन रुपियाँको वृद्धि देखिएको छ। गत मार्च एकमा १ सय १५ रुपियाँ ८० पैसामा कारोबार भएको डलरको मूल्य आइतबार १ सय १८ रुपियाँ ३२ पैसामा उक्लिएको हो।

अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपियाँ अवमूल्यन भएको हो। भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर भएको कारण नेपाली रुपियाँमा यसको असर देखिएको हो।

सुन प्रतितोला ८२ हजार ५ सय रुपियाँमा कारोबार
साताको पहिलो दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला ८२ हजार ५ सय रुपियाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) को तुलनामा आइतबार सुनको मूल्य स्थिर भएको छ।

महासंघका अनुसार आइतबार तेजावी सुन तोलामा ८२ हजार २ सय रुपियाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ८ सय ९० रुपियाँमा कारोबार भएको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।