दुई साताअघि अष्ट्रेलिया पुगेका नेपाली युवामा कोरोना संक्रमण भेटियो, अन्य तीन जना क्वारेन्टाइनमा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका एक नेपाली युवालाई कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ ।नेपालबाट सिंगापुर ट्रान्जिट हुँदै गत फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका ती युवालाई कोरोना भएको पुष्टि भएको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै सँगै बस्ने उनका तीन साथीलाई समेत दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ ।

ती युवाको परिचय भने खुलाइएको छैन । गत शुक्रबार गरिएको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना ९कोभिड–१९० भएको पुष्टि भएको हो ।

होटेलमा कार्यरत ती युवामा कोरोना पुष्टि भएपछि होटेलमा अरू कर्मचारीलाई समेत सर्न सक्ने भएकाले अधिकारीहरूले उनीहरूको समेत स्वास्थ्य परीक्षण गरिने बताएका छन् ।

अहिले उक्त संक्रिमित विद्यार्थीलाई शाही होबर्ट अस्पतालमा आइसोलेसनमा राखिएको छ ।