समाधिको ‘टेकेर गुराँसमाथि’


भोजपुरको दक्षिणी भेगको दुर्गम गाउँमा शिक्षण गर्दै आएका युवा कवि पूर्ण सन्ध्या समाधिको कविता कृति ‘टेकेर गुराँसमाथि’ राजधानीमा विमोचन गरिएको छ। वरिष्ठ कवि तथा किराँती सौन्दर्य चिन्तक भूपाल राईले उक्त कृतिको विमोचन गर्नुभएको हो।

कार्यक्रममा बोल्दै राईले समाधिले जनताको भाषामा कविता लेखेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘आफू बाँचिरहेको समाज र मानवीय पक्षमाथि धेरैभन्दा धेरै कविता लेखिनुपर्छ, कवि समाधिका कविता यसैमा केन्द्रित छन्।’ कवि तथा समीक्षक जिचेन स्याङ्तानले कवि समाधिका कविता सरलताबाट जटिलतातर्फ बगेको बताउनुभयो।