न्यूज अफ नेपाल, काठमाडौँ ।
कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक जना व्यक्ति अस्पतालको झ्यालबाट हाम फालेर भागेका छन् ।
कोरियाबाट फर्किएका सुनसरी घर भएका ती युवक भाइरस संक्रमणको आशंकामा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । भर्ना भएको राति नै झ्यालबाट हाम फालेका उनी फरार भएका छन् । राति करिब ८ बजेको समयमा फरार भएका उनको खोजी भइरहेको छप्रहरीले जनाएको छ ।
भाइरस संक्रमणको आशंकामा कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र भारतबाट आएका एक जना फ्रेन्च नागरिक अस्पताल भर्ना भएका छन्। यस्तै, उनीहरु बाहेक अन्य चार जना बिरामी भाइरसको आशंकामा अस्पताल भर्ना चएका छन् ।











प्रतिक्रिया