सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकाे ८० हजार ७ सय

0
Shares

न्युज अफ नोपल, काठमाडौं ।

बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार एकैदिन तोलामा २२ सय बढेको सुनको मूल्य आज फेरि दुई सयले बढेको छ । बुधबार प्रतितोला ८० हजार पाँच सय रुपैयाँमा कारोबार छापावाल सुनको मूल्य आज २०० ले बढेर ८० हजार ७ सयमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ८० हजरा ४ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला ८ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।