पर्वतमा ५ शैयाको आइसोलेसन वार्ड तयार गरिदै

0
Shares

न्युज अफ नेपाल, पर्वत

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन पर्वतमा पनि उच्च सर्तकता अपनाउने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सर्बपक्षिय बैठकले कोरोनाको संक्रमण फैलन नदिनका लागि संभव हुने सबै उपाय अबलम्बन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।

कोरोनाको संक्रम फैलन नदिन जनचेतना जगाउने, धेरै मानिस जम्मा हुने खालका सभा, समारोह , मेला तथा महोत्सबहरु आयोजना नगर्न आग्रह गर्ने निर्णय भएको छ । संक्रमणको आशंका भएका बिरामीलाई छुट्टै राखेर उपचार गर्न पर्वत जिल्ला अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्ने र कम्तीमा ५ वटा बेड तयार गर्ने निर्णय भएको छ । पर्वत जिल्ला अस्पतालमा कार्यरत बिशेषज्ञ डाक्टर डा. बिष्णु भण्डारीको नेतृत्वमा क्विक रेस्पोन्स टिम समेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

बजारमा अत्याबश्यक खाद्यन्नको अभाब हुन नदिन र कालोबजार रोक्न औषधी पसल देखि दैनिक उपभोग्य सामाग्री बिक्री बितरण गर्ने पसलहरुमा समेत अनुगमन गर्ने निर्णय पनि भएको छ ।