सिटिजन्स बैंकद्वारा कम्प्युटर प्रदान


सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पा जिल्लाको रैनादेवी छहरा—४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर प्रदान गरेको छ। बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटर हस्तान्तरण गरिएको थियो। सिटिजन्स बैंक इन्टरनेसनलले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाईबाट करिब पाँच लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।