निर्माण व्यवसायी संघ भक्तपुरमा नेतृत्व


भक्तपुर, (नेस)
निर्माण व्यवसायी संघ भक्तपुरमा राजकुमार बस्ताकोटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। संघको १९ साधारण सभा तथा सातौं अधिवेशन बस्ताकोटीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसहमतिमा चयन भएको हो।
संघको वरिष्ठ उपाध्यक्षमा विजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्वितीय उपाध्यक्ष लव गिरी, महासचिवमा शिवहरी दाहाल केसी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधीर थापा र सहकोषाध्यक्षमा बिमल शिल्पकार चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रामहरि फुयाँल, रोशनकुमार थापा, राजकुमार खड्का, सुनीता खत्री र तुल्सी मैयाँ ज्याख्वा रहेका छन्। अधिवेशनले चार नगरका संयोजकहरूको समेत चयन गरेको छ। जसमा चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नगर संयोजकमा सुरेन्द्र सुवाल चयन भएका छन्।