भारतले औषधीमा प्रतिबन्ध लगाउँदा अहिले नपरे पनि भविष्यमा अप्ठ्यारो पर्छ

0
Shares

भगवती तिमल्सिना,काठमाडौ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतले अब कुनै पनि मुलुकमा निर्यात नगर्ने सूचना जारी गरेको छ । सामान्य दुखाई देखि जटिल अवस्थामा विश्वमा सबै भन्दा बढी प्रयोग हुने सिटामोल लगायतका १५ प्रकारका औषधि निर्यात नगर्ने घोषणा गरे लगतै बुधबार सरोकारवाला निकायको बैठकले नेपाल र भारतको बाणिज्य विभागसँग समन्वय गर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा सहभागी मृगेन्द्र मेयर श्रेष्ठ औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्षका अनुसार अहिले नै आत्तिनुपर्ने अवस्था नभएको अन्य मुलुकबाट सहजीकरणका लागि ताईवान, बैंककबाट माक्स र औषधि आयात गर्ने निर्णय भएको छ । बैठकमा स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, व्यवसायी, बाणिज्य विभाग, औषधि उत्पादक संघ लगायतको उपस्थिति रहेको थियो ।

यी कार्यका लागि सहजी करणका लागि नेपाल सरकारले पहल गर्नुपर्ने हुन्छ । प्यारासिटामोल, ओम्पेराजोल जस्ता १५ प्रकारका जेनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि संसारभरि औषधि अभाव हुने त्रास बढेको बिषयमा नेपाल भने अहिले नै अताल्ली हाल्नुपर्ने अवस्था चै छैन हामीसँग स्टक छ ।

तर पनि नेपाल र भारतका उद्योग तथा बाणिज्य मन्त्रालयका बीच औषधि जस्तो सम्बेदनशिल बस्तुको महत्वलाई ध्यानमा राखी वार्ता हुनु जरुरी छ निष्कर्ष निकालियो श्रेष्ठले भन्नुभयो । औषधिको हकमा भन्नुपर्दा अहिले समस्या छैन ढुक्क हुनुभए हुन्छ ।

औषधि बंंगलादेशबाट पनि आयात हुने हुनाले बंगलादेशको बार्णिज्यसँग पनि छलफल गर्ने कुरा भएको छ । अहिले सम्म सबै भन्दा धेरै औषधि आपूर्ति गर्ने देश भारत भएको र प्रतिबन्ध लगाई नसकेको अवस्थामा अहिले नै वार्ता गर्नुपर्छ भन्ने प्रस्ताव हामीले राखेका छौं श्रेष्ठ भन्नुहुन्छ ।

कोरोना भाईरस चीन बाहेक ८० मुलुक एशियाका अधिकांश र युरोप, अमेरिका, अफ्रिकामा समेत संक्रमण फैलिसकेको र अमेरिकामा समेत ९ जनाको मृत्यु भैसकेको अवस्था छ । विश्वको आकलन हेर्दा ९० हजारको हाराहारीमा संक्रमित छन भने ३ हजार भन्दा माथीको मृत्यु भैसकेको छ ।

भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भइएको वा सीमित क्षमतामा सञ्चालित भएको भन्दै ल्याएको हो । औषधि उत्पादक कम्पनीहरुको तथ्यांक अनुसार भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन् । त्यसैले पनि भारत यो निर्णय लिन बाध्य भएको हुन सक्छ ।

नेपालको पनि कच्चा पदार्थ सप्लाई गर्ने सबै भन्दा ठूलो निकाय चीन नै भएको श्रेष्ठले जानकारी गराउनुभयो । कोरोना भाईरसका कारण चीन र भारत दुबै प्रभावित भएको खण्डमा विश्वभरिनै औषधिको अभाव हुने विज्ञहरुको निष्कर्ष रहेको छ ।

भारतद्धारा जारी गरिएको सूचना अनुसार निर्यात नियन्त्रण गर्ते सामग्री र औषधि भारतीय औषधि उत्पादकहरूको कुल निर्यातको १० प्रतिशतको हाराहारीमा हुन आउँछ । विशेष गरि टिनिडाजोल र इरिथ्रोमाइसीन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी १२ पनि पर्छन् ।

अहिले सम्म ४५ प्रतिशत औषघि स्वदेशी कम्पनीबाटनै पूर्ति भएको अवस्था छ । बंगलादेशबाट पनि औषधि आयात हुन्छ । कच्चा पदार्थ तेस्रो मुलुकबाट ल्याएर भएपनि समस्याको समाधान गर्नुपर्ने हाम्रो निष्कर्ष रहेको छ ।

नेपालमा हाल माक्स र स्यानीट्याइजरमा अभावको समस्या भएको हो । यसमा सहजीकरणका लागि तेस्रो मुलुकबाट आयात गर्नुपर्छ भन्ने बिषयमा छलफल भए । हाल नेपालमा माक्स उत्पादन गर्ने ३ वटा कम्पनीमा एउटाको मेशिन विग्रीएको र दुईवटाले आवश्यकता अनुसारको उत्पादन गर्न कच्चा पदार्थको अभाव भएको जनाएका छन् ।

यसो भएमा हामी आफैले उत्पादन गरेर भएपनि पूर्ति गर्ने कुरा भएको छ । बजारमा बढी मूल्य लिने र लुकाउने जस्ता बिषय पनि आएकाले बाणिज्य विभागले विहिवारदेखि अनुगमन गरि कानूनी रुपमै कारवाही गरिने सम्मको निष्कर्ष निकालिएको अध्यक्ष श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी गराउँनुभयो ।

नेपालमा अहिले औषधिको अभाव छैन तर भारतले प्रतिबन्ध लगायो भने अहलिे नभएपनि पछि अप्ठ्यारो पर्ने हुनाले फुकुवाको लागि अहिले नै अनुरोध गर्ने बिषयमा उत्पादक, व्यवस्थापक, औषधि व्यवस्था विभाग लगायत सरोकारवाला निकायसँग स्वास्थ्य मन्त्रालयले छलफल गरेको स्वास्थ्य मन्त्रालयका योजना प्रमुख तथा प्रवक्ता डा. बिकास देवकोटाले बताउँनुभयो ।

उहाँका अनुसार नेपालमा अहिले हेल्थ स्यानेटरी र माक्सको बजारमा अभाव भएको हो या गराईएको भन्ने बारेमा छलफल माक्स उत्पादक र आपूर्तिकर्ताबीच छलफल गर्र्यौ र कालाबजारी रोक्न अनुरोध गर्दै उत्पादन भएका माक्स स्वास्थ्य मन्त्रालयले खरिद गरि जनमानसमा पुर्याउन सहयोग गर्ने छलफलबाट निष्कर्ष निकालियो ।