मकवानपुरगढी नजिकै जन्तीबस दुर्घटनामा ४ को मृत्यु

0
Shares

राेशन पराजुली,हेटौंडा ।

मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा मकवानपुरगढीबाट हेटौंडातर्फ आउँदै गरेको जन्ती बोकेको बस मोडमा ब्रेक फेल भएर अन्यन्त्रित भएर पल्टिँदा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमा ज्यान गएको छ ।

बुधबार राति करिब साढे ७ बजे भएको दुर्घटनामा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । जन्ती बोकेर जितपुरभञ्ज्याङबाट गढी–७ तर्फ आउँदै गरेको ना. ३ ख ३५५६ नम्बर बस दुर्घटनामा परेको हो । उक्त बस बकैया–११, घट्टेबाट दुलही लिएर गढी–७ तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

बसभित्र च्यापिएको अबस्थामा २ जनालाई जेसीबीको सहयोगमा बाहिर निकालिएको थियो । घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।