मकवानपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,हेटौँडा ।

मकवानपुरमा बुधबार साँझ भएको बस दुर्घटनामा परी  तीन जनाको घटनास्थलमै मृत्यु भएकाे छ ।

मकवानपुरगढीबाट हेटौँडाको लागि छुटेको बस शिखरकटेरीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार भइरहेको छ । घटनास्थलतर्फ एम्बुलेन्स पठाएको प्रहरीले जनाएको छ ।