दोस्रोपटक सफल मृगौला प्रत्यारोपणपछि हाेसमा फर्किए प्रधानमन्त्री ओली

0
Shares

भगवती तिमल्सिना,काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपण पाँच घण्टा लामो प्रयास पछि सफल भयो । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजमा बुधबार बिहान १० बजे प्रत्यारोपण शुरु गरि ३ बजे मात्र सम्पन्न भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

बुधबार साढे ४ बजे त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको र उहाँ होसमा आईसक्नु भएको जानकारी गराईयो । प्रधानमन्त्री ओलीलाई उहाँकै भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिनुभएको र उहाँको समेत स्वास्थ्य अवस्था राम्रो भएको चिकित्सकहरुले जनाएका छन् ।

प्रधानन्त्रीको दोस्रोपटक प्रत्यारोपित मृगौलाले काम गरिसको र आधा लिट पिसाब भएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी गराउनुभयो । प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीलाई प्रत्यारोपण उपचार कक्षमा राखिएको छ उहाँले भन्नुभयो । मृगौला प्रत्यारोपण सफल भएसँगै प्रधानमन्त्रीको सम्पूर्ण अंग सुचारु भएको महानिर्देशक खड्गाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको प्रत्यारोपण शल्यचिकित्सा टोलीमा डा उत्तमकुमार शर्मा, डा प्रेम ज्ञवाली, डा अनन्तकुमार हुनुहुन्थ्यो भने प्रत्यारोपण चिकित्सा टोलीमा डा दिव्यासिंह शाह, महेश सिग्देल, डा मुकुन्द काफ्ले र डा रविन नेपाली लगायतको टोलीको सहभागिता रहेको थियो । त्यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र डा सुवास आचार्यलगायतको टोलीको सहभागी रहेको कार्यकारी निर्देशक खड्गाले जानकारी गराउँनुभयो ।

अब प्रधानमन्त्री ओलीको ४ वटा मृगौला भएका छन् । दुईवटा आफ्नै र पहिलो र दोस्रोपटक प्रत्यारोपण गरिएको २ वटा गरि ४ वटा मृगौला भएको डा.ज्ञवलाली बताउनुभयो । उहाँको शरिरमा ४ वटा मृगौला भएपनि काम गर्ने पछिल्लो पटक प्रत्यारोपण गरेकाले मात्र भएको पनि उहाँले जानकारी गराउनुभयो ।

पहिलो प्रत्यारोपण भारतमा गर्नुभएका प्रधानमन्त्री ओलीले दोस्रो प्रत्यारोपण नेपालमै गर्ने निर्णय लिनुले नेपालको स्वास्थ्य सेवा र चिकित्सकहरुको आत्मबल तथा हौसला बढाउनु र थप जिम्मेवार बनाई देशप्रतिको जिम्मेवारी पुरा गरेको विज्ञहरुको ठम्याई छ ।

यस अघि मृगौलाको समस्या देखा पर्दा नेपालका स्वास्थ्यकर्मी टोली सहित सिंगापुर पुग्नुभएका प्रधानमन्त्री ओलीले नेपालको सरकारी सुविधा सम्पन्न अस्पताललाई नै आफ्नो उपचारको लागि उपयुक्त थलोका रुपमा छनोट गर्नुले उच्च ओहदामा बसेर सामान्य टाउको दुख्दा पनि विदेशको मुख ताक्नेहरुका लागि भने ठूलो पाठ सिकाउनुभएको स्वास्थ्यकर्मीहरुको ठम्याईछ ।