एसइई परीक्षामा सिन्धुलीबाट झन्डै ६ हजार परीक्षार्थी सहभागी हुने

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षामा सिन्धुली जिल्लाबाट झन्डै ६ हजार परीक्षार्थीहरु सहभागी हुने भएका छन् ।

आगामी चैत्र ६ गतेबाट सुरु हुने यस बर्षको एसइई परिक्षामा जिल्लाबाट ५ हजार ८ सय १३ जना छात्रछात्रा सहभागि हुने भएका हुन् । जस मध्ये ८ जना बहिरा परीक्षार्थीहरुले एसईई परीक्षा दिदैछन् । जिल्लाकै एक मात्र बहिराहरुले अध्ययन गर्ने विद्यालय नवज्योति बहिरा विद्यालय जशेदमारका कान नसुन्ने ४ जना छात्र र ४ जना छात्रा गरी ८ जनाले एसईईको परीक्षा दिन थालेका हुन् ।

यस बर्ष परीक्षामा जिल्लाका १ सय १६ सामुदायिक विद्यालय, २३ वटा निजी विद्यालय, ५ वटा प्राविधिकधारका र एउटा बहिरा विद्यालयका गरी कुल १ सय ४१ वटा विद्यालयका परीक्षार्थीहरु सहभागी हुने शिक्षा समन्वय ईकाई सिन्धुलीका प्रमुख नेत्र गजुरेलले जानकारी दिनुभयो । ग्रेडवृद्धिका लागि १ सय २३ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो ।

जिल्लामा खुल्ला स्कुलबाट ३२ जना परीक्षार्थी परिक्षामा सहभागी हुदैछन् । प्राविधिकधारतर्फ ५ वटा प्राविधिक विद्यालयका १ सय ८५ जना परीक्षार्थीहरु परिक्षामा सहभागि हुने छन् । जसमा कृषि प्राविधिकतर्फ प्रभात मावि रानीवास, कपिलाकोट मावि छाप र मावि लदाभिरका गरि एक सय जना र सिभिल इन्जिनियरिङ्तर्फ गौमति मावि माढीबजार र सरस्वति मावि डकाहाका ८५ जना परीक्षार्थीहरुले एसईई परीक्षा दिने उहाँले जानकारी दिनुभयो ।

जिल्लामा २६ वटा परिक्षा केन्द्रहरु तोकिएको छ । प्राविधिक तर्फका परीक्षाहरु जनज्योति मावि फोस्रेटार परीक्षा केन्द्रमा मात्रै संचालन हुनेछ । ग्रेडवृद्धिका परिक्षार्थीहरुको परिक्षा गौमति माविमा हुने भएको छ । परिक्षालाई मर्या्दित बनाउन अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाईको उहाँको दावी छ। जिल्लाका २६ वटै परिक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्‍याउने काम सम्पन्न गरिएको बताइएको छ ।