न्युज अफ नेपाल, काठमाडौं ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
कार्कीविरुद्ध भारतको मगध विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको आरोप लागेको छ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
छानबिनमा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएकाे छ ।











प्रतिक्रिया