नेपाल-भारत समन्वय समितिको बैठक

0
Shares

नेपाल समाचारपत्र, बैतडी । 

नेपाल–भारत जिल्लास्तरीय समन्वय समितिको बैठक आज बैतडीमा बस्ने भएको छ।  भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो।

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट ९डीएम० डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीमा सञ्चालन हुने बैठकमा पिथौरागढ, बैतडी, दार्चुलामा सुरक्षा निकायका प्रमुख पनि सहभागिता रहने भएको छ।

उक्त बैठकमा दुई पक्षीय/बहुपक्षीयका २१ बुँदामा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो। सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई पेन्सन बुझ्न भएको समस्या, शान्ति सुरक्षा, मानव बेचविखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोवार, दुवै देशलाई असर पुर्‍याउने बाढी–पहिरो नियन्त्रण, शरणार्थी, अवैध उत्खनन, अवैध मुद्रा नियन्त्रण, समसामहिक विषय (कोरोना भाइरस) लगायतका विषयमा  छलफल हुने जनाइएको छ।