ट्रकको ठक्करबाट मृत्यु

0
Shares

नेपाल समाचारपत्र, सर्लाही ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित सासापुरमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना८ख ८५३१ नम्बरको ट्रकले सोमबार राति ना४८प १७०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका–४ तीनघरेका २२ वर्षीय रोशन भुजेलको घटनास्थलमै ज्यान गएको हो।

भुजेलको ज्यान गएपछि ठक्कर दिने ट्रकमा स्थानीयले आगजनी गरेका छन्। घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए। प्रहरीले मृतक भुजेलको शव आफन्तलाई विनाजानकारी परीक्षणका लागि मलंगवा अस्पताल पठाएको भन्दै ट्रकमा आगजनी गरेका हुन्।