विभिन्न ठाउँमा आगलागी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । 

वसन्तपुरस्थित सुरज आर्केटमा रहेको पर्शुराम श्रेष्ठको फेन्सी पसलमा विद्युत् सर्ट सोमबार बिहान आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको छ।

त्यसैगरी, मोरङ बुढीगंगा गाउँपालिका–४ स्थित जय श्रीराम खाद्यान्न उद्योगको भुस गोदाममा सोमबार बिहान आगलागी हुँदा भुसको गोदाम पूर्णरूपमा जलेर करिब ४ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ।

त्यस्तै, मकवानपुर, बाग्मती गाउँपालिका–१ गुन्द्रुङ बस्ने मोहन स्याङतानको घरमा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई सोमबार साँझ आगलागी हुँदा अन्नपात, लत्ताकपडालगायत विभिन्न सामान जलेर करिब ७ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ।