आर्सेनल क्वार्टरफाइनलमा

0
Shares

लन्डन, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग क्लब आर्सेनल एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा आर्सेनलले लिग वान क्लब पोर्टस्माउथलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। फ्राटन पार्कमा भएको सो खेलमा आर्सेनललाई जित दिलाउन सोक्राटिस र इडवार्डले गोल गरेका थिए। घरेलु टोलीलाई खेलभर नै दबाबमा राखेको आर्सेनलले गोलका लागि पहिलो हाफको इन्ज्युरी समय कुर्नुपरेको थियो। खेलको ४५औं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सेनललाई अग्रता दिलाए।

५१औं मिनेटमा इडवार्डले गोल गर्दै आर्सेनलको जित पक्का गरे।