सनिलद्वारा किर्गिज बक्सर पराजित

0
Shares

काठमाडौं, (नेस)
यसै वर्ष हुने टोकियो ओलम्पिकका लागि जोर्डनको अम्मानमा जारी एसिया–ओसेनिया बक्सिङ छनोटअन्तर्गतको खेलमा नेपाली मुक्केबाज सनिल शाहीले किर्गिस्तानको बक्सर आर्जेन कादिरबेक उलुलाई पराजित गरेको छ।
मंगलबार भएको पुरुष ६३ केजी तौल समूहको उक्त भिडन्तमा सनिलले उलुलाई ५–० अंकले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ। सनिलले गत डिसेम्बरमा नेपालमा नै भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेको थियो। सनिलले अब दोस्रो राउन्डमा तजिकिस्तानका अनुभवी बक्सर बाखोदुर उस्मानोभको सामना गर्नेछन्।