रोयल सेन्ट्रल यु–२३ च्याम्पियन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
आयोजक रोयल सेन्ट्रल स्पोर्टस् प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छ।
ललितपुरको सानागाउँस्थित घरेलु कभर्डहलमा रोयलले टाइम्सलाई ६२–५९ ले पराजित ग¥यो। रोयलका निकेश मगरले २० अंक जोडे। निकेश नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। त्यसबापत निकेशले १० हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे।
तेस्रो क्वार्टरको समाप्तिसम्म रोयल ४२–५० ले पछाडि थियो। पछाडि परेको स्थितिलाई उल्ट्याउँदै चौथो तथा अन्तिम क्वार्टरमा रोयलले २०–९ को अग्रता लियो र उपाधि सुनिश्चित ग¥यो। शुरूका तीन क्वार्टरमा रोयलले क्रमशः १४–९, १६–१५ र १२–१६ को प्रदर्शन गरेको थियो। उपाधिसँगै रोयलले ५० हजार नगद पुरस्कार हात पा¥यो। टाइम्सका विजेश तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र बापेकका सजक केसीले उदीयमान खेलाडी घोषित भए।