जीप दुर्घटना हुँदा चालकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, डोल्पा ।

डोल्पामा बुधबार बिहान सवा ७ बजे जीप दुर्घटना भएको छ। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानी बाट सदरमुकाम दुनैजाने क्रममा भित्तीमा भे १ च २४६४ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा परि ठुलिभेरी नगरपालिका वडा नं ५ हुँ गाउँ बस्ने २३ बर्षीय चालक पञ्चे बहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुढाको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको प्रहरीले बताएको छ।

जिप सडकबाट दुईसय मिटर तल खसेर भेरीको किनारमा पुगेको बताईएको छ। घटनाकाे बिषयमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा पुगेको छ। दुर्घटनाग्रस्त जिपमा चालक बुढामात्रै सवार रहेको प्रहरीले जनाएको छ।