प्रचण्डमाथि जुत्ता प्रहार गरेका रतनलाई ७ दिन हिरासतमा राख्न अनुमति

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गरेका रतन तिरुवालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

रतनमाथि अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

रतनले आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

घटनाको छानबिन गर्न अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ ।