देहिमाडौंको विजयी शुरुआत

0
Shares

बैतडी, (नेस)
बैतडीको दशरथचन्द नगरपालिकामा आइतबारदेखि तेस्रो संस्करणको उपमेयर कप महिला टी २० क्रिकेट प्रतियोगिता शुरू भएको छ।
उद्घाटन खेलमा दनपा ९ ग्लाल्लेकलाई ९५ रनले स्तब्ध पार्दै दनपा २ देहिमाडौंले विजयी शुरुआत ग¥यो। निंग्लासैनी खेल मैदानमा टस हारेर ब्याटिङ गरेको देहिमाडौंले निर्धारित १५ ओभरमा १ विकेटको क्षतिमा १ सय ६५ रन बनायो।
टोलीका बबिता बोहराले ६६ रन र मिना बोहराले ५२ रन जोडे। जवाफमा ग्वाल्लेकले १५ ओभरमा ६ विकेटको क्षतिमा ७० रन मात्रै बनायो।