सुशिल र रोजनलाई स्वर्ण

0
Shares

काठमाडौं, (नेस)
आरुणी स्कुलका सुशिल न्यौपाने र रोजन गौतमले चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्। यु–१० ब्वाइज सिंगल्स फाइनलमा सुशिलले आफ्नै स्कुलका गौरव बस्नेतलाई ३–१ को सोझो सेटमा पराजित गरे। यु–१२ ब्वाइज सिंगल्स फाइनलमा रोजनले विजेश्वरीका एड्रिन शाहीलाई ३–२ सेटमा हराए। त्यस्तै, यु–१६ ब्वाइज सिंगल्समा एभरेस्टका समीर खत्रीले आरुणीका सुशान्त चौलागाईंलाई र यु–१४ ब्वाइज सिंगल्स फाइनलमा एभरेस्टका हिमाल विष्टले प्रोक्सिमाका रोमन थापा मगरलाई समान ३–० को सोझो सेटमा पाखा लगाएर उपाधि जिते।