आर्मीको संघर्षपूर्ण जित

0
Shares

इलाम, (नेस)
इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ।
आर्मीले आइतबार भएको खेलमा जित हासिल गर्दा दुवै गोल सुदिल राईले गरेका हुन्। यो जितसँगै विभागीय टोली सेमिफाइनलमा पुगेको छ। संकटाका लागि डेडी वाम्बाले एक गोल फर्काएका हुन्।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले शुरुआती अग्रता लिएको थियो। खेल शुरू भएको सातौं मिनेटमै सुदिलले गोल गरेका थिए। विवेक बस्नेतले करिब २० यार्डबाट प्रहार गरेको बल संकटाका गोलरक्षक विनय श्रेष्ठले पन्च गरेर बचाए पनि रिवाउन्ड बललाई उनले गोलको दिशा दिए।
खेलको ४१औं मिनेटमा संकटाका लागि वाम्बाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। डिबक्सभित्र मासोयूकेको क्रसमा वाम्बाले उत्कृष्ट गोल गरेका थिए। खेलको ४३औं मिनेटमा संकटाका रोसन पहारीले डिबक्स नजिकैबाट प्रहार गरेको बल क्रस बारमा लागेर फर्किएको थियो। प्रतियोगितामा आर्मीका सुदिल राई म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार रुपियाँ प्राप्त गरे।
खखखखख