प्राइम र लरेन्स सफल

0
Shares

काठमाडौं, (नेस)
प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा सफलता पाएका छन्।
मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा प्राइमले नेपालयलाई ७ विकेटले पराजित ग¥यो। पहिले ब्याटिङ गरेको नेपालयले ११ दशमलव ३ ओभरमा अलआउट हुँदै ६२ रनको योगफल बनायो। प्राइमले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। ४ विकेट लिएका प्राइमका अभिनन्दन खतिवडा ‘म्यान अफ द म्याच’ घोषित भए। न्यु समिट कलेजद्वारा आयोजित प्रतियोगितामा सेन्ट लरेन्सले हिमालयन कलेज अफ इन्जिनियरिङलाई ७९ रनले हरायो। सेन्ट लरेन्सले पूरै २० ओभर खेल्दै १ सय ७४ रन बनाएको थियो। हिमालयन ९५ रनमा अलआउट भयो। ४ विकेट लिएका सेन्टका किशोर गहतराज ‘म्यान अफ द म्याच’ चुनिए।