उपाधि वडा नम्बर ७ लाई

0
Shares

लमजुङ, (नेस)
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै बेँसीशहर नगरपालिकाको आयोजित दोस्रो मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ ले जितेको छ।
आइतबार भएको फाइनल भिडन्तमा वडा ७ ले वडा १० लाई ३–१ को गोलअन्तरले हरायो। विजेताले १ लाख र उपविजेताले ५० हजार रुपियाँ प्राप्त गरे। त्यस्तै, सर्वोत्कृष्ट खेलाडी दिनेश तामाङ, सर्वाधिक गोलकर्ता खुसीराम परियार र टंक गुरुङलाई ५÷५ हजार रुपियाँ प्रदान गरिएको छ। उत्कृष्ट भएका गोलकिपर मनोज अधिकारी, डिफेन्डर सरोज ठकुरी, मिडफिल्डर पवित्रा गुरुङ र फरवार्ड टंक गुरुङ ले ३÷३ हजार रुपियाँ हासिल गरे।