कास्की सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)
कास्की प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ। कास्की सेमिफाइनल पुग्ने अन्तिम टोली हो।
कास्की अघि आयोजक रोयल सेन्ट्रल स्पोर्टस्, टाइम्स र गोल्डेनगेटले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन्।
कास्कीले प्रतिस्पर्धात्मक खेलमा सोलो बास्केटबल नेपाललाई ८४–८१ ले पराजित ग¥यो। जितसँगै कास्की समूह ‘बी’ को उपविजेता भयो। टोलीको जितमा सागर विकले २१ अंक योगदान गरे।